लमजुङमा अटो दुर्घटना, ६ जना घाइते

5.55k
Shares

लमजुङ। 

बेसीशहर नगरपालिका–६ स्थित खरखरे भीरमा बिहीबार अटो दुर्घटना भएको छ । दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।

बेसीशहरबाट खुदीतर्फ जाँदै गरेको ग ००४००१ ह २८५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट तल खस्दै मर्स्याङदी नदीमा पुगेको हो । दुर्घटनामा अटोमा सवार गोरखा आरुघाट गाउँपालिका–१, मानगाउँकी ४० वर्षीया शिलादेवी गुरुङ गम्भीर घाइते भएकी छन् ।

त्यसै गरी घाइतेहुनेहरुमा बेसीशहर–६ चनौटेकी ४५ बर्षिया सानुमाया गुरुङ, ३५ वर्षीया अञ्जली गुरुङ, ४८ वर्षीया धनकुमारी गुरुङ, र नुवाकोट तादी गाउँपालिका–२ की ५० बर्षिया अस्मिता तामाङ रहेका छन् । घाइतेहरुलाई तत्काल उद्धार गरी प्रदेश अस्पताल लमजुङमा उपचारका लागि भर्ना गरिएको छ ।

दुर्घटनामा अटो चालक मर्स्याङदी –४ ताघ्रीङका ३० वर्षीय टोपबहादुर लामाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटो मर्स्याङदी नदीले बगाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको कारण प्रारम्भिक रुपमा अनियन्त्रित गति र तीव्र मोड हुन सक्ने अनुमान गरिएको छ ।  घटनाको थप अनुसन्धान भइरहेको छ ।