गोरखा।
हालै श्रीलंकामा सम्पन्न नवौँ दक्षिण एसियाली कराते प्रतियोगितामा पदक जित्न सफल गोरखाका खेलाडीहरुलाई सम्मान गरिएको छ ।
प्रतियोगितामा स्वर्ण पदक जितेका अर्पण थापा मगर र कास्य पदक बिजेता स्मृती गुरुङलाई नेपाल कराते महासंघ गोरखाले सम्मान गरेको हो । मगरले जुनियर पुरुष व्यक्तिगत कुमुतेतर्फ ७६ केजी तौल समूहमा र गुरुङले महिलाके २१ बर्ष मुनिको ६८ केजी तौल समूहमा कुमुते फाइटतर्फ प्रतिस्पर्धा गरेका थिए ।
वुधवार एक कार्यक्रमकाबीच मगर र गुरुङलाई नगदसहित सम्मान गरिएको महासंघले जनाएको थियो । उनीहरुलाई शहिद लखन गाउँपालिका वडा नम्वर ७ ले पनि सम्मान गरेको थियो । उनीहरू दुबै जना सोही गाउँपालिकाका बासिन्दा हुन् ।
यसैगरी केही समयअघि सम्पन्नभएको राष्ट्रिय र गण्डकी प्रदेश स्तरीय कराते प्रतियोगिताका पदक बिजेता गोरखाका खेलाडीहरूलाई नगदसहित सम्मान गरिएको थियो । राष्ट्रिय प्रतियोगितामा बसन्त परियारले कास्य जिते भने प्रदेश प्रतियोगितामा सृष्टी श्रेष्ठ र रुपेश गुवाजुले स्वर्ण, सुजन गुरुङले रजत तथा अमृत राना मगर र अनिता नेपालीले कांस्य जितेका थिए । यस्तै, कराते प्रशिक्षक ग्याम्लो लामालाई पनि सम्मान गरिएको थियो ।











प्रतिक्रिया