सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ।

नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेर एक लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो मंगलबार सुनको मूल्य एक लाख ९५ हजार पाँचसय रुपैयाँ थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर दुई हजार तीनसय ५० रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला दुई हजार तीन सय २० रुपैयाँमा कारोबार भएको थियो।