रौतहट।
पछिल्लो समय मधेस प्रदेशमा कार्यरत प्रहरीहरुबाट आचरण विपरीत क्रियाकलाप बढ्न थालेपछि स्थानीयहरुमा चिन्ता बढेको छ । आचरण विपरीत प्रहरीको गतिबिधि बढदै गएपछि कारबाहीको संख्यामा उल्लेख्यनीय रुपमा बढेको छ । गएको दुई आर्थिक वर्षको तथ्याकलाई आधार मान्दा मधेस प्रदेशमा प्रहरी विरुद्धको कारबाही बर्षेनी बढ्दो क्रममा रहेको छ ।
दुई आर्थिक बर्षमा मात्रै ६ सय ९ जना प्रहरी कारबाहीमा परेको तथ्यका मधेस प्रदेश प्रहरी कार्यालयमा रहेको छ । प्रहरीको आचरण नसुध्रिदा कारबाहीको संख्या बढेको मात्र हैन निलम्बन फुकुवा भएका प्रहरीलाई प्रमुखको जिम्मेवारी दिँदा अनुशासन हीनता मौलाउँदै गएको छ भने प्रहरी संगठनप्रतिको जनविश्वास प्रभावित हुने स्थानीय संचारकर्मी प्रभात झा बत्ताउँछन् ।
आर्थिक बर्ष ०८१-०८२ मा मात्रै मधेस प्रदेशमा ३ सय २२ जना प्रहरी कारबाहीमा परेका छन् । जसमध्ये जिल्ला प्रहरी कार्यालय धनुषामा मात्रै कार्यरत ५४ जना, जिल्ला प्रहरी कार्याँलय सप्तरीमा ३७ जना, मधेस प्रदेश प्रहरी गण ३६ जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ३४ जना, जिल्ला प्रहरी कार्यालय सिराहामा, ३१ जना, जिल्ला प्रहरी कार्यालय रौतहटमा २९ जना, जिल्ला प्रहरी कार्यालय बारा २६ जना, जिल्ला प्रहरी कार्यालय महोत्तरी २६ जना, जिल्ला प्रहरी कार्यालय पर्सा १४ जना प्रहरी कारबाहीमा परेका छन् । तर, कारबाहीमा परेका प्रहरी अधिकारीहरुलाई प्रमुखको जिम्मेवारी दिँदा उनीहरूको नियतमाथि प्रश्न उठेको छ ।
निलम्बन फुकुवा भएपछि सर्लाही जिल्लाको प्रहरी चौकी हिरापुरको जिम्मेवारी पाएका प्रहरी नायब निरिक्षक वैद्यनाथ दास र प्रहरी चौकी ब्रम्हपुरीका प्रहरी सहायक निरिक्षक मनोज यादबले ब्यबसायीलाई भारतीय सामग्रीको राजश्व छली गर्न दिएको प्रमाण नै सार्वजनिक भैसकेको छ । ती दुवै यसअघि निलम्बनमा परिसेका प्रहरी अधिकारी हुन् । पर्सा जिल्लामा कार्यरत रहँदा ०७७ मंसिर ५ गते ब्यबसायी संग घुस लिएको आरोपमा प्रहरी नायब निरिक्षक वैद्यनाथ दास र जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी उपरिक्षक प्रविण धितालको समयमा प्रहरी चौकी संग्रामपुरको प्रमुख हुदा प्रसनि यादव निलम्बनमा परेका थिए । फूलको कारोबार गर्ने व्यापारी सग घुस मागेको आरोपमा प्रसनी यादव निलम्बनमा परेका थिए ।
०८१ चैत्र २४ गते ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीका प्रहरी निरीक्षक किसोर तामाङ नेतृत्वको प्रहरी टोलिले ना२४प ६९०३ नम्वरको मोटरसाइकल चलाईरहेका हरिवन नगरपालिका–३ डाबरीटोलका ३६ बर्षीय मानबहादुर घिसिंङको साथबाट ७०० पिस कोरेक्स, ओनरेक्स र विनेक्रक्स प्रतिबन्धित लागू औषधसहित नियन्त्रणमा लिएपनि उनले अदालतमा बुझाएको अभियोग पत्रमा ४ सय ५८ बोतल मात्र देखाएपछि उनको आचरणमा प्रश्न उठेको हो । मातहत प्रहरी कार्यालय प्रमुखले ब्यबसायीसंग उठाएको रकम जिल्ला प्रमुखसँग पुग्ने गरेपनि कारबाही भने उनीहरु मात्र हुने गरेका छन् ।











प्रतिक्रिया