बारा।
बाराको पचरौता नगरपालिका–७ स्थित सखुवा गाउँको राम मन्दिर परिसरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले आज सुरक्षित रुपमा निष्क्रिय परेको छ।
राम मन्दिरको मठमा प्लास्टिकको बोरा भित्र बेरिएको अवस्थमा उक्त वस्तु स्थानीयहरूले फेला पारी सुरक्षाकर्मीलाई खबर गरेका थिए। जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो। सेनाको टोलीले आवश्यक सुरक्षा उपायहरू अपनाउँदै उक्त वस्तुलाई निष्क्रिय बनाएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।











प्रतिक्रिया