ठमेलबाट दुई चिनियाँ नागरिक सुन र नगदसहित पक्राउ


काठमाडौँ ।

ठमेलस्थित एक होटलबाट प्रहरीले दुई चिनियाँ नागरिकलाई २ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार थान डेढ महिनाअघि नेपाल आएका थिए भने चोउ केही दिनअघि मात्रै काठमाडौँ पुगेकी थिइन्। उनीहरू प्रेम सम्बन्धमा रहेको खुलेको छ।

प्रहरीले सोमबार राति पक्राउ गरेका दुवै जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको जनाएको छ।