कांग्रेस पूर्वपदाधिकारीहरूको देउवासँग छलफल

गठबन्धनको भावना अनुसार सरकार चलाउन जोड


काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ निवास पुगेका छन्। उनीहरूले संविधान संशोधन र गठबन्धनको भावना अनुसार सरकार सञ्चालन गर्नुपर्ने निष्कर्षसहित देउवालाई भेटेका हुन्।

यसअघि सोमबार उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल भएको थियो। त्यस छलफलमा सहभागी सिंह, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत देउवालाई भेट्न पुगेका थिए।

पूर्वउपसभापति विमलेन्द्र निधि भने इजरायली राजदूतसँग भेटवार्तापछि देउवा निवास जाँदै छन्। यो सक्रियता नेता शेखर कोइरालानिकट समूह ‘७ भाइ’ को चासोका रूपमा हेरिएको छ।