देशभर मनसुनको प्रभाव, साना नदीमा आकस्मिक बाढीको जोखिम


काठमाडौँ ।

देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली र वर्षा भइरहेको छ भने अन्य प्रदेशमा आंशिक बदली देखिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार अधिकांश ठूला नदीहरूको बहाव सतर्कता तहभन्दा तल भए पनि देशका थुप्रै साना नदीमा बहाव बढ्ने सम्भावना देखिएको छ।

मंगलबार ताप्लेजुङदेखि बाग्लुङ र गुल्मीसम्मका पहाडी तथा पहाडी आसपासका जिल्लामा साना नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाइएको छ। इलाम, झापा, दार्चुलालगायतका अन्य धेरै जिल्लामा भने मध्यम जोखिम रहने पूर्वानुमान छ।

सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।