काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडियो घुस प्रकरणमा मुछिएका पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बयान र भ्वाइस टेस्ट परीक्षणका लागि बोलाएको छ । अख्तियारले गुप्तालाई आज मंगलवारका लागि बयानमा बोलाइएको हो ।
अख्तियारका अनुसार गुप्ताको घुस डिल गरेको अडियो फरेन्सिक ल्याबमा पठाइएको थियो । फरेन्सिक ल्याबबाट रिपोर्ट आएकाले गुप्ताको भ्वाइस टेस्टको आधारमा सो अडियोमा बोलेका व्यक्ति उनै हुन् वा होइनन् पत्ता लगाउने गरी अख्तियारले गुप्तालाई भ्वाइस टेस्टको लागि बोलाएको हो ।
फरेन्सिक ल्याबमा परीक्षण गरेर ल्याइएको अडियोको भ्वाइस गुप्तासँग मिलेमा गुप्ता भ्रष्टाचार ठहर हुन सक्ने अख्तियार स्रोतले जनाएको छ । भ्वाइस नमिलेमा भने गुप्ताले सफाइ पाउन सक्छन् । अख्तियारका अनुसन्धान अधिकृतहरूले यस सम्बन्धमा गम्भीर छानबिन गरिरहे पनि यस्ता केसहरू कमै आउने भएकाले अनुसन्धान अधिकृतहरू केही अलमलमा परेको बताइएको छ ।











प्रतिक्रिया