पोखरा।
पोखरामा कोरोना सङ्क्रमित एक महिलाको निधन भएको छ । ७४ वर्षिया एक महिलाको मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशानालय गण्डकीका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । पोखरा ११ फूलबारी निवासी महिलाको चरक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
महिलामा गत असार २५ गते कोरोना पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । उपचारको क्रममा आइतबार ती सङ्क्रमित वृद्ध महिलाको निधन भएको निर्देशनालयले जनाएको छ । ‘कोरोना सङ्क्रमित महिलाको निधन भएको छ । त्यसबारे थप अनुसन्धान गर्न हामी बैठक बसिरहेका छौं ।’
कोरोनाको नियमित परीक्षण भईरहेको उनको भनाई थियो । निर्देशनालयका अनुसार कास्कीमा जनवरीदेखि यता ५ जना कोरोना सङ्क्रमित देखिएका छन् । कोरोनाको नियमित परीक्षण गरिदैै आईएको जनाउँदै कास्कीमा ५ जना कोरोना सङ्क्रमित रहेको उनले बताए । ‘हामीले नियमित परीक्षण गर्दै आएका छौं ।’ उनले भने–‘नयाँ सङ्क्रमित होइनन् । पुरानो निको भएर पुन सङ्क्रमित भएका बिरामी छन् ।’
प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशमा ८ जना सङ्क्रमित छन् । पाँचजना कास्कीमा, एकजना स्याङजा र दुई जना बाग्लुङमा कोरोनाका बिरामी रहेको निर्देशनालयले जनाएको छ ।











प्रतिक्रिया