उदयपुर ।
उदयपुर जिल्लामा हालसम्म आधाभाग पनि रोपाई भएको छैन भने कतै धानको विउ वियाडमा मर्दै गएको छ भने कतै रोपाई भइरहेको छ । खास गरी सिंचाईको अभावका कारण धानको बिउ मदै गएको र समयमा धान रोप्न नसकिएको हो ।
उदयपुर जिल्लाको भूगोल खासगरी तराईको र पहाडको क्षेत्रमा विभाजित भएकोले बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका , त्रियुगा नगरपालिका र कटारी नगरपालिकाका केही भूभाग तराईमा, अन्य भूभाग पहाडमा पर्दछ । चारवटा गाउँपालिकाको पुरै क्षेत्र महाभारत श्रृङ्खला वारीपारी रहेको छ । जसका कारण खेतीका नाममा मकै, कोदो, तेलबाली तथा दालबाीहिरु, फापर बढी र सिंचाईको अभावका कारण धान खेती हुने जग्गा थोरै मात्रामा रहेको छ ।
उदयपुरमा खास गरी चारबटा नगरपालिकाको तराई भागमा बढी धान उत्पादन हुने र कुल खेतीयोग्य जमिन २८ हजार १६२.३ हेक्टर रहेकोमा २५ हजार ७ सय ९४ हेक्टरमा खेती गरिएको र हिउदे तथा वर्षे धान खेती भने १४ हजार ३४९ हेक्टरमा गरिएको कृषि ज्ञान केन्द्र उदयपुरकी सहायक बागवानी विकास अधिकृत तथा निमित्त कार्यालय प्रमुख अनु विसीको भनाई रहेको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाको कृषि विकास शाखाकी कृषि अधिकृत प्रमीला दनुवारले त्रियुगा नगरपालिकामा खेती गर्न सकिने जमिन छ४ हजार ७ सय ४३ हेक्टर रहेको र ८ हजार ९ सय ९८ हेक्टर जग्गामा धान खेती हुने गरेको बताइन ।
उनले त्रियुगा नगरपालिकामा हालसम्म करिब ५४ प्रतिशत मात्र रोपाई भएको जानकारी दिँदै मौसमले साथ दिएको भए र समयमा वर्षा भएको भए रोपाईको काम निकै सकिन्थ्यो । गत वर्ष यो समयमा करिब ९० प्रतिशत रोपाई सकिएको थियो । तर यो वर्ष पानी नपर्दा किसानहरुलाई रोपाई गर्न समस्या भएको बताइन ।
जिल्ला भरीमा हालसम्म ६ हजार २६ हेक्टरमा अर्थात् करिब ५३ प्रतिशत मात्र रोपाई भएको छ । उदयपुरका रहेको खेती गरिने जग्गामध्ये १२ हजार ४२१ हेक्टरमा वर्षभरी नै सिंचाई हुने र मौसमी रुपमा सिंचित हुने जग्गाको क्षेत्रफल १३ हजार ३ सय ७१ हेक्टर रहेको निमित्त कार्यालय प्रमुख विसीले बताइन ।
निमित्त कार्यालय प्रमुख विसीले सिंचाईकालागि कतिपय किसानले बोरिङका माध्यमबाट सिंचाई गरेका छन भने कतिपयले खोलाको पानी कुला, नहरे मार्फत ल्याएर सिंचाईको व्यवस्था गरेका छन् ।कतिपय किसानहरु आकासे पानीको भरमा खेती गर्छन भने तराईका कतिपय ठाउँमा डिप बोरिङ गाडेर सिंचाईको व्यवस्थापन गरेको बताइन ।
त्रियुगा नगरपालिका ९ गैरुनका किसान चन्द्रनारायण चौधरीले पानी नपरेका कारण रोपाई गर्न बाँकी रहेको छ तर जग्गा खनजोत गरेर ठिकठाक पारेको रोखेको बताए ।
उनले हातेकल वा चापाकल गाडेर कृषि मोटर राखेर खेतमा सिंचाई गर्ने भनिएको थियो तर हाते वा चापाकल गाड्दा पानी नआएर समस्या भएको बताए ।
चौधरीले बिउ मर्न लागेको भए पनि खेतमा खाउर लगाएकोले धानको बिउ रोप्न नपाए पनि साउन अन्तिमतिर पानी परेका समयमा पहिले लगाएको खाउर रोप्ने सोच रहेको बताए ।
चौधरीको खेतमा धानको बिउ राखिएको तर त्यहाँ खेतमा धाँजा फाटेर धानको बिउ नै सुकेर मर्न थालेको छ । सिंचाईको अभाव झेलिरहेका किसानले आकासे पानीको भरमा खेती गर्नु पर्ने अवस्था भएको चौधरीको भनाई रहेको छ ।
उनले भने पानी परेन भने धानको बिउ त्यतिकै सुक्छ र सुखा भएर जलिरहेको थियो । अलि अलि पानी परेकोले केही हरियो देखिएको भए पनि सलाई कोरे आगो लगाउनु पर्ने अवस्था छ ।











प्रतिक्रिया