महिला युरो २०२५: जर्मनी सेमिफाइनलमा प्रवेश


लन्डन, (एजेन्सी)

जर्मनी युईएफए महिला युरो कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
शनिवार राति भएको रोमाञ्चक क्वार्टरफाइनल भिडन्तमा जर्मनीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ६–५ ले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान बनाएको हो । खेलको सुरुवातमै फ्रान्सले जर्मनीका लागि चुनौती थपिदिएको थियो ।

खेलको १३औं मिनेटमै डिफेन्डर क्याथरिन हेन्डरिच भिएआरको निर्णयमा सोझै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि जर्मनी १० खेलाडीमा सीमित भएको थियो । यसले फ्रान्सलाई खेलमा स्पष्ट रूपमा बलियो बनायो ।
हेन्डरिचले डिबक्सभित्र फ्रेन्च खेलाडीको केश तानेपछि रातो कार्डको भागीदार हुनुप¥यो । यसबापत फ्रान्सले पेनाल्टी प्रहार गर्ने मौका पाएको थियो । जसलाई फ्रान्सकी ग्रेस गेयोरोले गोल पनि गरिन् ।

तर, जर्मनीले हार मान्न तयार थिएन । २५औं मिनेटमा स्जोके नुस्केनले गोल फर्काउँदै जर्मनीलाई खेलमा फर्काइन् । त्यसपछि दुवै टिमबीच कडा प्रतिस्पर्धा देखियो । ५८औं मिनेटमा फ्रान्सको अग्रता गोललाई भिएआरले खारेज ग¥यो भने ६९औं मिनेटमा जर्मनीले पाएको पेनाल्टीमा गोल गर्न चुके ।
निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै निर्णायक गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टी सुटआउटमा रोमाञ्चक मोड आयो । जर्मनीले पहिलो प्रहारमै गोल गर्दा फ्रान्स चुकेर दवाबमा पर्यो ।

त्यसपछि दुवै टिमले लगातार दुई–दुई प्रहारमा गोल गरे । चौथो प्रहारमा जर्मनीले चुक्दा फ्रान्सले बराबरी गोल गर्दै स्कोर ३–३ मा ल्यायो । पाँचौं प्रहारमा दुवैले गोल गर्दै खेल सडन डेथमा पुगेको थियो । सडन डेथको छैटौं प्रहारसम्म पनि बराबरी चलिरहँदा अन्ततः सातौं प्रहारमा जर्मनीले गोल गरेपछि फ्रान्सले चुक्यो र जर्मनीले खेल आफ्नो पक्षमा पा¥यो ।

खेलको तथ्यांकले फ्रान्सको पूर्ण दवाब झल्काउँछ । फ्रान्सले खेलभर ७५ प्रतिशत बल पोसेसन राख्दै १८ सट प्रहार गरे, जसमध्ये ९ सट पोष्टमा लागे । उता, १० खेलाडीमा सीमित जर्मनीले केवल २५ प्रतिशत पोसेसनमा ७ सट प्रहार ग¥यो र तीमध्ये मात्र २ सट टार्गेटमा थिए । यति ठूलो दवाबको बावजुद पनि जर्मनीले आत्मबल, संयम र उत्कृष्ट गोलकिपिङ प्रदर्शन गर्दै पेनाल्टीमा रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा प्रवेश पायो ।