लुम्बिनी प्रदेशमा एक वर्षमा पौने २ लाख सवारी कारबाहीमा, १७ करोडबढी राजस्व सङ्कलन 

3.29k
Shares

बुटवल। 

आर्थिक वर्ष २०८१-८२ मा लुम्बिनी प्रदेशमा एक लाख ७० हजार ८० सवारी साधन कारबाहीमा परेका छन्। ती सवारी साधनहरूबाट १७ करोड ८३ लाख ८३ हजार ४ सय ११ रुपैयाँ जरिवाना सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

 पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको वार्षिक प्रगति विवरण अनुसार  कारबाहीमा परेका सवारी साधनहरू फरक फरक शीर्षकमा परेका छन्। नम्बर प्लेट परिवर्तन गरेर चलाइएका आफूखुसी सिट थपिएको भारतीय बसले नेपाली नियमविपरीत ओसारपसार गरेका मापसे गरेर चलाइएका बेवारिसे अवस्थामा फेला परेका ओभरलोड भएका इलेक्ट्रिक स्कुटर  इ–रिक्सा तथा टेम्पोहरू पनि कारबाहीको दायरामा परेका छन्।

 प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार गत आर्थिक वर्षको तुलनामा कारबाहीमा पर्ने सवारीको संख्या घटेको हो। अघिल्लो वर्ष २ लाख ३३ हजार सवारी कारबाहीमा परेका थिए भने यस वर्ष १ लाख ७० हजार ८० मात्रै कारबाहीमा परेका छन्। उहाका  अनुसार टिभीआरएस प्रविधि गत वर्ष सबै जिल्लामा लागू नभएको अवस्थामा धेरै सवारीलाई निगरानीमा ल्याउन सकिएको थियो । तर, अहिले सबै जिल्लामा प्रविधि लागू भएसँगै प्रत्यक्ष निगरानीको कम भएकाले कारबाही हुने दरमा कमी आएको हो।

ट्राफिक कार्यालयले सवारी जाँच मात्र होइन।  सचेतनामूलक कार्यक्रम स्थानीय तहसँगको सहकार्य हराएका सवारी तथा सामग्री हस्तान्तरण  क्षमताविकास तालिम जस्ता कार्यक्रम पनि गर्दै आएको जानकारी दिएको छ। तर, सवारी दुर्घटनाको दर भने चिन्ताजनक रूपमा बढेको छ। विशेषगरी मोटरसाइकल दुर्घटना बढी भएको बताइएको छ। गएको वर्ष ४९६ जनाको सवारी दुर्घटनामा मृत्यु भएकोमा यो आर्थिक वर्षमा त्यो संख्या बढेर ५ सय ६ पुगेको छ। दुर्घटनामा परी ५ हजारभन्दा बढी घाइते भएका छन्। कारबाहीको संख्या घटे पनि सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढ्नु झनै चिन्ताको विषय बनेको छ। ट्राफिक नियमको पालना, सवारी सचेतना र प्रविधिको सन्तुलित प्रयोगले मात्रै सडक सुरक्षा सुनिश्चित गर्न सकिन्छ। ट्राफिक प्रहरीको प्रयास तब मात्रै सार्थक हुन्छ । जब नागरिक पनि नियमको पालक बन्नेछन्।