हेटौंडा ।
हेटौंडामा प्रहरीले खैरो हेरोइनसहित विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ । उनीहरुमध्ये २ महिला छन् ।
हेटौंडा–१ बस्ने वर्ष २० का सतिश लामा, वडा–५ सानोपोखरा बस्ने वर्ष २० का सञ्जीव लामा, भीमफेदी गापा वडा–२ कालिकाटार बस्ने वर्ष १९ की सन्ध्या पाख्रिन र मकवानपुरगढी गापा वडा–२ बाँसपानी बस्ने वर्ष १९ की सन्ध्या घलानको साथबाट लागुऔषध खैरो हेरोइन २ ग्राम २ सय १० मिलिग्राम बरामद भएको छ ।
हेटौंडा–१५ रातोमाटे चेकपोइन्टबाट ना. ३७ प ६४४९ नम्बर मोटरसाइकलचालक पर्साको पोखरिया नपा वडा–१ बनकटवा बस्ने वर्ष २७ का अकलेश महतो कुशवाहाको साथबाट २ ग्राम ९ सय १० मिलिग्राम, सप्तरीको शम्भुनाथ नपा वडा–६ घर भइ हाल हेटौंडा वडा–९ लामसुरे बस्ने वर्ष ३६ का शैलेन्द्र चौधरी र सप्तरीको राजगढ गापा वडा–२ बनैनिया घर भइ हाल हेटांैडा वडा–१० बस्ने वर्ष ३६ का अजय सिंहको साथबाट १ ग्राम २ सय ८० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
हेटौंडा वडा–१५ भोर्ले बस्ने वर्ष ३० का उमेश मोक्तानको साथबाट समेत गरी ६ ग्राम ९ सय १० मिलिग्राम फेला परेको हुँदा उक्त लागुऔषध बरामद गरी उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।











प्रतिक्रिया