सिटामोलको मुटुभित्र खिल छ


आगामी २३ गते रिलिज हुने फिल्म सिटामोलमा समावेश गीत मुटुभित्र खिल छ हजुर सार्वजनिक गरिएको छ।
सार्वजनिक मर्मस्पर्शी गीतमा बाबुल गिरीको संगीत र स्वर तथा गोविन्द भट्टको शब्द रचना रहेको छ। गीतको भिडियोमा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र बाबुल गिरीलाई प्रस्तुत गरिएको छ। संगीतकार तथा गायक बाबुल गिरीले यसै गीतको अभिनयबाट फिल्ममा डेब्यु गरेका छन्।

फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, सुशील पोखरेल, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउ“वाला गौतम, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीलगायतले अभिनय गरेका छन्।

श्रीकृष्ण र जानुकाले यही फिल्मबाट फिल्ममा डेब्यु पाएका हुन्। राजबहादुर सानेले निर्देशन गरेको फिल्म तुलसीदेवी फिल्म प्रालि र जुनतारा फिल्म्स्को ब्यानरमा भूगोलकुमार कार्की र विकासराज जोशीले निर्माण गरेका हुन्।

सिमोस सुनुवारको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक साने र प्रदीप भारद्वाजको कथा, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, दिव्य सुवेदीको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ। फिल्ममा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह–निर्माता रहेका छन्।