इलामबाट शुरू भयो विलशनको मैझारो


हास्य अभिनेता विलशन विक्रम राई (तक्मे बुढा) को निर्देशनमा नेपालको पूर्वी पहाडी जिल्ला इलाममा मैझारो नामक फिल्मको छायांकन शुरू गरिएको छ। विल्सनको डेब्यु निर्देशनमा निर्माणाधीन फिल्मको छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानमा हुने छ। फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाइएको निर्देशक राईले जानकारी गराए।

फिल्ममा कथा, पटकथा र निर्देशन राई स्वयंको रहेनेछ भने धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुष्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू, सुभाष सिंह ठकुरीलगायतका कलाकारले अभिनय गर्नेछन्। कलाकारहरूको अभिनय रहनेछ।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माणाधीन फिल्ममा संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राई, स्वर गायक राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङल र छायांकन सौरभ लामाको रहनेछ।