अध्यागमन विभाग र कार्यालयको नेतृत्व हेरफेर

अध्यागमन विभागको नयाँ  महानिर्देशकमा तिवारी 


–प्रमुख अध्यागमन अधिकृतमा घिमिरे 

काठमाडौँ। 

गृह मन्त्रालयले अध्यागमन विभागको  महानिर्देशक परिवर्तन गरेको छ । विभागका महानिर्देशक गोविन्द रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी विभागको महानिर्देशकमा गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई पठाएको छ । 

यसैगरी त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णु प्रसाद कोइरालालाई गृह मन्त्रालयका सरुवा गरिएको छ । प्रमुख अध्यागमन अधिकृतमा खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई ल्याइएको छ । घिमिरे यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लामो समय सम्म प्रवक्ताको जिम्मेवारीमा रहेका थिए । 

 खोटाङको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयकी सहसचिव कल्पना श्रेष्ठलाई पठाइएको छ ।