रसुवामा बाढी:  अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडकको १६ किलोमिटरमध्ये  १५ किलोमिटर सडक खुल्यो 

9.21k
Shares

असार २४ गते  मंगलबारको  आएकाे बाढीले   अवरुद्ध बनाएकाे   स्याफ्रुबेँसी–रसुवागढी सडकको १६ किलोमिटरमध्ये १५ किलोमिटर सडक  मर्मत गरेर खुलाइएको छ । 

प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेलका अनुसार स्याफ्रुबेँसी (राेङगा पुल) देखि टिमुरेतर्फको सडकखण्डकोे चेनेजसम्म १० किलोमिटर र टिमुरेबाट स्याफ्रुबेँसीतर्फको पाँच किलोमिटर सडक मर्मत गरेर खुलाइएको   छ ।

 उनका अनुसार अब लिङलिङ भिरको पहिरो पन्छाउन बाँकी छ । ‘ठुलो पहिरो गएकाले पन्छाउन सडक विभागबाट हेभी उपकरण मगाइएको छ, आजै उपकरण आएपछि पन्छाउने काम हुनेछ, त्यसपछि अवरुद्ध सबै सडक सञ्चालनमा आउनेछ,’ उनले भने ।

बाढी र पहिरोले क्षतविक्षत भएको सडक जेसिबी, एक्जाभेटर, ब्रेकरलगायतका हेभी इक्युपमेन्ट प्रयोग गरी खुलाउने काम भइरहेको हो । 

यद्यपि, अस्थायी रूपमा खुलाइएको सडकमा साना गाडी गुडाउन मिले पनि मालबाहक र ठुला गाडी भने गुडाउन मिल्दैन 

बाढी प्रभावित क्षेत्रको भौतिक क्षतिको प्रारम्भिक विवरण संकलनका लागि यसअघि नै समिति गठन भइसकेको छ ।