काभ्रेपलाञ्चोक।
बिपी राजमार्गका विभिन्न तीन स्थानमा गएको पहिरो र लेदोका कारण यातायात ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार गएरातिदेखि अवरुद्ध भएका सडक खोल्ने प्रयास जारी छ।
कहाँ–कहाँ अवरुद्ध भयो ?
काभ्रेको रोशी गाउँपालिका–११ माम्तीमा भेलबाढीले कटान गरेर सडक बन्द गराएको छ।
रोशी–९ खहरे खोलामा आएको लेदोका कारण सडक बन्द भएको छ।
सोही वडाको बिरुवाडाँडामा पनि खहरे खोलाको लेदोले सडक अवरुद्ध गरेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेका अनुसार स्थानीय जनप्रतिनिधिहरूको समन्वयमा सडक खुलाउने काम भइरहेको छ ।
यसअघि पनि असार २५ गते बिरुवाडाँडामा सडक बन्द भएको थियो।
पिन्थली क्षेत्रमा बारम्बार समस्या
यस राजमार्गको पिन्थली क्षेत्रमा पहिरोका कारण असार १६, २५ र २६ गते पनि सडक अवरुद्ध भएको थियो। आइतबार साँझदेखि आएको वर्षासँगै लेदो झरेपछि यातायात ठप्प भए पनि सोमबार बिहान जेसिभी प्रयोग गरी दुइतर्फी यातायात सञ्चालनमा ल्याइएको थियो।











प्रतिक्रिया