दुई पदाधिकारीको ढोकामा प्रवेश निषेध: भिसी इन, रेक्टर र रजिस्टार आउट

23.41k
Shares

काठमाडौं । 

 त्रिभुवन विश्वविद्यालयमा नियुक्ति भएका उपकुलपति प्राडा दीपक अर्याल इन हुँदा, रेक्टर प्राडा खड्ग केसी र रजिस्टार प्राडा केदार रिजाल आउट भएका छन्।

 दुई विद्यार्थी संगठनले प्रवेशमा रोक लगाएपछि रेक्टर र रजिस्टार आउट भएका हुन । यसअघि कहिले बल्खु स्थित परीक्षा नियन्त्रण कार्यालय त कहिले इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा अड्डा जमाएका दुई पदाधिकारी आफ्नो कार्यकक्ष प्रवेश गर्न पाएका छैनन्। 

 तीन महिने उपकुलपतिको जिम्मा लिएपछि  जेठ १४ बाट कार्यालय प्रवेश नपाएका दुई पदाधिकारी कहिले कार्यकक्षमा पुग्छन् ? अन्योल छ । स्रोतका अनुसार दुई विद्यार्थी संगठन र केही प्राध्यापक संघ संगठनले समेत रेक्टर र जिस्टार प्रवेशमा रोक लगाउन खेलिरहेका छन् । अघिल्ला उपकुलपति प्राडा केशरजंग बरालको कार्यकालमा नियुक्ति भएका दुई पदाधिकारीलाई तत्काब बिदा दिनुपर्ने माग अघि बढेको छ । 

 स्रोतले नेपाल समाचारपत्रसंग भन्यो–नया प्रकृयाबाट उपकुलपति चयन हुनुभएका  उपकुलपति प्राडा अर्यालले दुई पदाधिकारी छनौट गर्ने अधिकार  हुन्छ ।  उहाले नै दुई पदाधिकारी नियुक्ति गर्नुपर्ने अवस्थामा तत्काल दुई पदाधिकारी हटाउनुको विकल्प छैन । 

 स्रोतका अनुसार दुई पदाधिकारी हटाउने पक्षमा सबै एक भैसकेका छन् । त्रिवि कर्मचारीले पनि समस्या बल्झाउनु भन्दा पनि बिदा हुनु उपयोग हुने  सुझाव दिने तयारीमा छन् । स्रोतका अनुसार उपकुलपतिलाई स्वागत गरेकै दिन विद्यार्थी संघ संगठनले  पद छाड्न दवाव दिएका छन् ।