नयाँ स्थापना हुने सरकारी कार्यालयलाई बोक्सेमा जग्गा छैन 

3.29k
Shares

उदयपुर ।

 २०२८ सालमा उदयपुरगढीबाट उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा सर्दा फुसको छाप्रोमा कार्यालय सञ्चालन गरिएको भए पनि हाल प्राय सबै कार्यालयको आफ्नै घर जग्गा रहेको छ । तर, अब भविष्यमा स्थापना हुने प्रदेश सरकार वा संघीय सरकारको नयाँ कार्यालय स्थापना गरेर भवन बनाउन जग्गाको अभाव रहेकोले  व्यक्तिको जगा खरिद गरेर भवन बनाउनु पर्दछ । तर, बोकसेमा व्यक्तिको जग्गा पनि देखिँदैन ।

नेपालमा जिल्ला सदरमुकामहरु मध्ये उदयपुरको सदरमुकाम गाईघाटको बोक्से डाँडामा सबै सरकारी कार्यालयहरु एकै ठाउँमा सडक दाया बाया मिलाएर जग्गा व्यवस्थापन गरेर राखिएको छ  । जुन नेपालको नमुना सदरमुकामका रुपमा रहेको छ ।

२०२८ सालमा  गाईघाटमा जग्गा नापी गर्ने तत्कालीन नापी प्रमुख हाल अवकास प्राप्त जीवन यापनमा रहनु भएका त्रियुगा नगरपालिका ९ का स्थायी बासिन्दा ९३ वर्षिय भिमप्रसाद पोखरेलले हाल सदरमुकाम भएको बोक्से डाँडामा त्यतिबेला बस्ती थियो र सो बस्तीलाई अन्यत्र सारेर सदरमुकाम राख्न जग्गाको व्यवस्थापन गरिएको बताउँछन्  ।

उक्त जग्गा तत्कालीन अवस्थामा डा.रणसेर राई र तत्कालीन जिल्ला पंचायतका सभापति चक्र बहादुर बस्नेतले फडानी गरेर बस्ती बसाएका थिए । पछि सरकारी अड्डाहरु एकैतिर राख्ने र व्यवस्थित तरिकाले जग्गा वितरण गर्ने भएपछि योजना अनुसार सरकारी कार्यालयहरुकालागि जग्गा वितरण गरिएको भए पनि हाल नयाँ सरकारी कार्यालय स्थापना गरेर भवन बनाउन सरकारी जग्गा नभएकोले व्यक्तिको जग्गा खरिद गर्नु पर्ने पोखरेलले बताए । 

यस विषयमा उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले उदयपुरको सदरमुकाम बोक्सेमा सबै सरकारी कार्यालयहरु एकै ठाउँमा रहेको र विचमा सडक, सडकको दाया वाया सरकारी कार्यालय रहेको छ । साविकका सार्वजनिक संस्थानका जग्गाहरु खाली रहेकोले ति खाली जग्गाहरु भविष्यमा नयाँ स्थापना हुने सरकारी कार्यालयकालागि व्यवस्थापन हुन सक्ने छ । संघको वा प्रदेशको कुनै नयाँ कार्यालय स्थापना हुने भएमा गाईघाटसँगै सदरमुकाम नजिक रहेको उदयपुर सिमेन्ट उद्योगको नाममा दर्ता रहेको त्रियुगा नपा वडा नं ५ र ६ मा रहेको तर उपयोग नभएको खाली जग्गा व्यवस्थापन गर्न सकिने बताए । 

सदरमुकाम उदयपुरगढीबाट २०२८ सालमा गाईघाट आउँदा झुप्रो घर बाहेक केही थिएन । थाकलको छानो भएका झुप्राघरहरु थिए । त्यही घरहरुमा उदयपुरगढीबाट सारिएको अड्डाहरु राखिएको थियो । अहिले सबै परिवर्तन भएको छ । सदरमुकामको काम कुरा पुरा भएको छ । यो सदरमुकामको प्लानिङ नापी गर्न अरुले नमानेको र नापी कार्यालय सिराहाबाट आएका अमिनले पनि डराएर नमानेको र भवन विभागको इन्जिनियरले पनि नमाने पछि मैले आफैले  इमानका साथ एक्लैले सबै जग्गा नापी गरेको पोखरेलको भनाई रहेको छ ।

भूमि समस्या समाधान आयोग उदयपुरका अध्यक्ष बल बहादुर तामाङले स्थानीय तहसँग समन्वय गरेर काम गर्ने गरेको ,स्थानीय तहले जग्गा कहाँ के छ भन्ने खोजी गर्ने हो र स्थानीय तहले यति जग्गा संरक्षण गर्छौ भनेर नभनेका अवस्था रहेको छ । भविष्यमा स्थापना हुने सरकारी कार्यालयकालागि जग्गा राख्नु भनेर कुनै पनि निकायबाट जानकारी वा पत्र नआएको बताए ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले हाल त्रियुगा नगरपालिका को नयाँ भवन बनेको क्षेत्रमा नपाले नै गेष्ट हाउस बनाउने, गाडी पार्किङकालागि व्यवस्था गर्ने, बगैचा बनाएर नपाको कार्यालय परिसरलाई सौन्दर्यिकरण गर्ने भनेर जग्गा राखेको हो । सरकारी जग्गाको पछाडी खाली रहेको जग्गा लिँदा नेपाल सरकारबाट इजाजत दिनु पर्दछ । बाटो, ढलको व्यवस्थापन, नागरिक मैत्री हुनु पर्ने, कार्यालयको कामको प्रकृति हेरेर पनि कार्यालय स्थापना गर्नु पर्ने भएकोले यस्तो जग्गा भन्दा अन्यत्र नै उपयुक्त हुने बताए । 

नेपालका मिलेका सरकार िकार्यालयहरु एकत्रित रुपमा एउटै क्षेत्रमा ५ मिनटभित्रमा सबै अड्डा पुग्न सकिने ठाउँमा रहेको उदयपुरको सदरमुकाम गाईघाट बोक्सेमा संघीय सरकार र प्रदेश सरकार मातहतका करिब तीन दर्जन कार्यालयहरु संचालनमा रहेको छ । ति मध्ये सबै कार्यालयको आफ्नै भवन छ भने सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकको जग्गा जिल्ला प्रहरी कार्यालय सँगै छ, तर भवन नबनाउदा बवारमा नै भाडाको घरमा संचालनमा रहेको छ । कृषि विकास बैंकको पनि घरजग्गा दुबै छ तर बजारमा भाडाको घरमा संचालनमा रहेको छ । अर्को सरकारी नेपाल बैंक लिमिटेड भने निकै पछि गाईघाटमा स्थापना भएकोले जग्गा छैन भने बजारमा नै भाडाको घरमा सञ्चालन हुँदै आएको छ । निजी क्षेत्रका बैंकहरु सबै बजारमै रहेको र सेवा ग्राहीहरुको सहजताकालागि सरकारी बैंकहरु बजारमा नै राख्नु पर्ने भएकोले बजार क्षेत्रमा नै घाडाको घरमा संचालनमा रहेको बताइएको छ ।