पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन


काठमाडौं।
पूर्वनिर्वाचन आयुक्त तथा वरिष्ठ पत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ। आज साँझ नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पूर्व पत्रकार अमृता लम्सालले जानकारी दिइन्।

शर्माले लामो समय द राइजिङ नेपालमा पत्रकारिता गरेकी थिइन्। निर्वाचन आयोगमा आयुक्तका रूपमा उनले विभिन्न निर्वाचनका काममा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।

उनको भोलि अन्त्येष्टि गरिने परिवारले जनाएको छ। इला शर्माका दुई छोरी छन्।