काभ्रे।
स्वास्थ्य बीमाबाट लाभ लिइरहेका विरामीहरुका लागि २०८२ साउन १ बाट अलग ब्यवस्था गरेसँगै नागरिकहरुले सरकार स्वास्थ्य बीमा कार्यक्रमबाट भागेको आरोप लगाएका छन् । स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा विन्दु परिवर्तन गर्ने निर्णय अव्यवहारिक रहेको विमीत नागरिकले बताएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लामा यस अघि प्रथम सेवा विन्दु तोकिएको धुलिखेल सामुदायिक अस्पतालले एक वर्षको अवधीमा विभिन्न रोगका ३ लाख ७९ हजार ३ सय ८३ विरामीलाई सेवा उपलब्ध गराएको छ । विरामीहरुलाई सेवा उपलब्ध गराएको ६९ करोड भूक्तानी अस्पतालले पाउन बाँकी रहेको अस्पतालका डा.बलराम मल्लले जानकारी दिए । तर पनि अस्पतालले स्वास्थ्य बीमा बोर्डले रकम भुक्तानी नगर्दा पनि विरामीहरुको सेवा कहिल्यै नरोकेको डा.मल्लले बताए । ‘हामीले पैसा नपाएको तथा सरकारले गरेका निती निर्देशन नमानेको भन्ने नै छैन’–डा.बलराम मल्लले भने–‘प्रथम सेवा विन्दुबाट हटाउने निर्णयको पत्र प्राप्त भएको छ । सरकारको निर्णय अनुसार अस्पतालले साउन १ गते देखि प्रथम सेवा विन्दुका रुपमा विरामीहरुलाई सेवा उपलब्ध गराउन पाउँदैन र सक्दैन ।’

धुलिखेल अस्पतालले २०२४ मा ३ लाख ७९ हजार ३ सय ८३, सन् २०२३ मा ४ लाख २६ हजार ४ सय, २०२२ मा २ mाख ९१ हजार ७ सय १२, २०२१ मा २ लाख ७८ हजार ४ सय १५ जनाले बीमा बापतको सेवा लिएका छन् । नियमित औषधी लिने विरामीहरुका लागि प्रथम सेवा विन्दु धुलिखेल अस्पताल हटाए पछि झनै संकट र सकस हुने विरामीहरुले बताएका छन् । २०७६ साल देखि संचालनमा आएको नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा धुलिखेल अस्पताल शुरु देखि सहभागी भई काभ्रे एवं आसपासका जिल्लावासीहरुलाई सेवा पु¥याउँदै आएको थियो । स्वास्थ्य बीमा बोर्डले काभ्रेपलाञ्चोक जिल्लाका लागि मेथिनकोट अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी प्राथमिक स्वास्थ्य केन्द्र, पनौती प्राथमिक स्वास्थ्य केन्द्र र सुन्थान प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।
बनेपा धेरै जनसंख्या भएको पालिका हो । बनेपाका नागरिकहरुले पनौती र धुलिखेलबाट रिफरल लिनु पर्छ । महाभारत, खानीखोला, तेमाल, रोशी, पाँचखाल, मण्डनदेउपुर, भुम्लु, चौरीदेउराली लगायतका पालिकाका नागरिकहरुले सिफारिस लिन पनि पनौती, धुलिखेल र मेथिन्कोटमा रहेका रिफरल सेन्टरमा पुग्नु पर्छ । त्यो अपायक र अब्यवहारीक हुन जान्छ । जिल्लाबासीहरुले प्रथम सेवा विन्दु धुलिखेल अस्पताल राख्न स्वास्थ्य बीमा बोर्डलाई अनुरोध गरेका छन् ।
२०८२ असार १० गते स्वास्थ्य बीमा बोर्डद्वारा जारी गरिएको पत्र अनुसार आगामी आर्थिक वर्ष २०८२-८३ देखि धुलिखेल अस्पताल प्रथम सेवा विन्दुका रुपमा नरहने भएकाले साउन १ गतेदेखि आकस्मिक स्वास्थ्य सेवा बाहेकका स्वास्थ्य सेवा लिन आउने सेवाग्रहीले आफ्नो नजिकको निर्धारित सरकारी स्वास्थ्य केन्द्रबाट अनिवार्य रुपमा प्रेषण पुर्जी (रेफरल सिट) लिएर मात्र धुलिखेल अस्पतालमा स्वास्थ्य सेवा लिन आउन अनुरोध गरेको धुलिखेल अस्पतालका प्रवक्ता डा.सुमन ताम्राकारले बताए ।

एकपटक लिएको त्यस्तो पुर्जी त्यस पटकको स्वास्थ्य समस्याका लागि मात्र प्रयोग गर्न सकिने छ । तर स्वास्थ्य बीमा बोर्डकै २०७९ भदौ ७ गते प्रेषित पत्र अनुसार नेपाल सरकारद्वारा निर्धारित केही स्वास्थ्य समस्याहरु भएका दीर्घरोगीहरु (सबैखाले क्यान्सर, मिर्गौला प्रत्यारोपित व्यक्ति – फलोअप एवं डायलाइसिस, हेड इन्ज्युरी, स्पाइनल इन्ज्युरी, सिकलसेल एनिमिया, अल्जाइमर, पार्किसोनिज्म, मुटु रोगी, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, अति अपाङ्ग, एचआईभी, बहुऔषधि प्रतिरोधात्मक खालका क्षयरोगी, गर्भवती तथा सुत्केरी, कडा खालको मानसिक रोगी) को हकमा भने प्रेषण विन्दुबाट एक पटक रेफरल लिएर आईसके पछि उपचारको क्रममा तथा फलोअपको क्रममा प्रत्येक पटक पुर्जी आवश्यक नपर्ने अस्पतालले बताएको छ ।











प्रतिक्रिया