धनगढी
पछिल्लो समयमा नेकपा एमालेको नेतृत्वको विषयमा चलिरहेको बहस र त्यसले कार्यकताहरुमा देखिएको अन्योलताकोले पार्टीलाई कमजोर बन्ने दिशातिर अघि बढ्न थालेपछि पार्टीको हित चाहनु पार्टी नेताहरुको जिम्मेवारी भएको बताएका छन् । अनावश्यक बहस र छलफल पार्टी कमजोर भयो भने नेता बन्नुको के अर्थ छ र ? महासचिव पोखरेलको प्रश्न छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा सक्रिय हुने निर्णय गरेपछि एमालेका नेताहरुमा केही विभाजन जस्तो देखिएर सार्वजनिक अभिब्यक्तिहरु सार्वजनिक भएपछि कार्यकर्तामा अन्योलता जस्तो देखिएपछि एमाले महासचिव पोखरेलले एमालेमा अहिले नीति र नेतृत्वका कुनै समस्या नरहेको स्पष्ट परेका छन् । पूर्व राष्ट्रपति भण्डारीले एमालेमा सक्रिय राजनीतिमा फर्किएको र आफ्नो कुनै विशिष्ठ अपेक्षा नभएको कुरा सार्वजनिक गरेपनि बलजवस्ती विवादमा तान्न खोजेको उनको भनाई छ । एमाले अध्यक्ष केपी ओली र विद्या भण्डारीबीचमा कुनै मतभिन्नता छैन अहिले उनीहरु बीच धुर्बीकरण छ भन्ने हल्ला चलाएर एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागेको बताए । केपी ओली र विद्या भण्डारी बिचमा कुेन धु्रविकरण छैन धु्रविकरण त केवल मिडियामा मात्र देखिएको दावी महासचिव पोखरेलको छ ।
पार्टीको नेतृत्व चयन महाधिवेशनले गकेर्ने भएकाले अहिले नै महाधिवेशनको मिति नतोकिएकाले अहिलेनै पार्टी नेतृत्वको बहस गर्ने बेला नभएको उनको भनाई छ । यहि भदौमा पर्टीले विधान महाधिवेशनको आयोजना गर्दै छ विधान महाधिवेशनपछि राष्ट्रिय महाधिवेशनको टुंगो लाग्ने भएकाले अहिले नेतृत्वको चर्चा गर्नु उचित नहुने धारणा पोखरेलको छ । अहिले चौतर्फी आक्रमणको निशानामा नेकपा एमाले र त्यसको नेतृत्व केपी ओलीलाई परिएको छ यस्तो बेलामा नेतृत्वको रक्षा गर्नु हाम्रो दायित्व हो तर संक्रमणकालमा पार्टी र नेतृत्वको रक्षा गर्नुको साटो पार्टी भित्र अनावश्यक बहस चलाएर कार्यकर्ताहरुमा विभाजन ल्याउन खोज्नु पार्टी हित विपरितको काम भएको उनले बताए ।
एक प्रसंगमा एमाले महासचिव पोखरेलले भने — अहिले पनि सीपि मैनाली नेता हुनुहुन्छ उहाँको इतिहास कम होइन तर कसैले खोजीगर्दैन सीपि मैनाली जस्तो नेता बन्नुभन्दा शंकर पोखरेल जस्तो कार्यकर्ता बन्नु पार्टीकोलागि ठिक होलानी !











प्रतिक्रिया