काठमाडौं।
विद्यालय भर्नामा दोहोरो भर्ना र छात्रवृत्तिमा पारदर्शिताको माग राख्दै नेविसंघले आज बालुवाटारमा गरेको प्रदर्शनमा सात विद्यार्थी नेता पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नेविसंघ काठमाडौंका अध्यक्ष अंशुल केसी, सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ, कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ, चन्द्रागिरी उपाध्यक्ष रोहन देशार, त्रिचन्द्र क्याम्पसका सतिश यादव र काठमाडौं सहसचिव प्रस्ताव केसी रहेका छन्।
नेविसंघका केन्द्रीय सदस्य भूपेन्द्र सिं थेबेका अनुसार, विद्यालयमा दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्तिमा पारदर्शिता र न्यायसंगत वितरण गर्न, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो।
नेविसंघले पक्राउ परेका नेता तथा कार्यकर्तालाई तत्काल रिहाइको माग गरेको छ।











प्रतिक्रिया