उदयपुर ।
उदयपुरको गाईघाट स्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गाईघाटमा प्राविधिक कर्मचारीको र भौतिक पूर्वाधारको अभावले काममा बाधा भएको छ।
अहिले कार्यालयमा उपचारकालागि पशुहरु गाई, गोरुर्,भैसी, रागा बाख्रा खसी बोका लगायतका चौपायाहरु स्थानीयले लिएर आउने गरेको तर प्राविधिक कर्मचारीको अभाव र भौतिक पूर्वाधार नहुँदा उपचारमा बाधा भएको सो कार्यालयले जनाएको छ ।
अर्कोतर्फ अहिले जिल्लाका आठबटै पालिकामा गाईहरुमा लम्की स्किन नामक रोग देखिएको छ । यो रोग लाग्दा पशुहरुको शरीरमा गाठो जस्तो घाउ हुने र चिलाउने गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गाईघाट उदयपुरका सूचना अधिकारी मिन प्रसाद सुवेदीले बताए ।
सूचना अधिकारी सुवेदीले पहिले उदयपुरको सात वटा पालिकामा लम्की स्किन रोग देखिएको र सोमबारबाट उदयपुरगढी गाउँपालिकामा पनि देखिएको जानकारी दिँदै बाख्रामा पनि यो समस्या देखिएको र छालामा संक्रमण हुने गरेको र कुकरहरुमा पनि पहिलेको भन्दा बढी देखिएको बताए ।

सो कार्यालयका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत शुकराज लिम्बुले बढी देखिने रोगमा नाम्लेकिरा, जुका भए पनि अहिले गर्मीका समयमा तीन वर्षदेखि नदेखिएको लम्की स्किन रोग फेरी देखिएको तर विगतको जस्तो धेरै नदेखिएको बताए ।
सूचना अधिकारी सुवेदीले पशुहरुमा प्राय जसो निमोनिया, शरीरमा घाउँ भएको पखाला लाग्ने पाठेघर सम्बन्धी समस्या लगायतका रोगहरु घरपालुवा जनावरहरु उपचारकालागि ल्याउने गरेको बताए ।
कार्यालय प्रमुख लिम्बुले दरबन्दी अनुसार पदपूर्ति नभएको प्राविधिक कर्मचारीको अभाव केही पूर्वाधारको समस्या रहेको छ । फ्रिज राख्नकालागि कुल रुम छ तर पटक पटक बिग्रदा समस्या भएको छ । फराकिलो कोठा भएको भवनको अभाव छ । लामो समयसम्म बिग्रदा समस्या हुने गरेको र पुरानो हुँदै गएपछि बिग्रिरहने र पुरानो सामान पाउन नै गाह्रो भएकोले औषधी राख्न समस्या भएको छ । प्राय जिल्ला भित्र बाड्नु पर्ने औषधीहरु कुल रुममा फ्रिजमा राख्नु पर्ने भएकोले कुल रुम दुरुस्त राख्न समस्या भएको छ ।
लम्की स्किन रोग नियन्त्रण गर्न भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ कार्यालय उदयपुरले उदयपुरका ८ बटै पालिकामा लम्की स्किन रोगका विरुद्धमा खोप लगाउन त्रियुगा नगरपालकामा २२ सय डोज,चौदण्डीगढी नपामा ३ हजार ५ सय ५० डोज,बेलका नगरपालिकामा २ हजार ८ सय डोज, कटारी नगरपालिकामा ३ हजार १सय ५० डोज, उदयपुरगढी गाउँपालिकामा ३ सय डोज, ताप्ली गापामा १ हजार ४ सय ८० डोज, रौतामाई गापामा खोप पठाइएको छैन भने लिम्चुङबुङ गापामा १ हजार ९सय ५० डोज खोप पठाइएको, लम्की स्किन रोग देखापरेपछि पशुहरुमा लमकी स्किन रोगका विरुद्धमा भ्याक्सिन लगाइएको सो कार्यालयले जनाएको छ।
सो कार्यालयले हालसम्म आठबटै पालिकाका ३ सय ५५ वटा पशुहरु लम्की स्किन रोगबाट प्रभावित भएको र १ थान पशुको मात्र मृत्यु भएको जनाएको छ ।











प्रतिक्रिया