सडक दुर्घटना चार गुणाले बढ्यो : ९० प्रतिशत सवारी दुर्घटना चालकको लापरबाही

3.57k
Shares

धनगढी

सुदूरपश्चिमको सडक दुर्घटना गत वर्षको तुलनामा चार गुणाले बढेको छ । सडक दुर्घटनाको मुख्य कारण भनेको सवारी चालकको लापरबाही भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडक दुर्घटनाको कारण  करिब ९० प्रतिशत सवारी चालकको लापरबाहीले हुने गरेको सुदूरपश्चि ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक टेक बोहराले जानकारी दिए । सुदूरपश्चिमका ९ जिल्ला मध्य करिब ५५ प्रतिशत दुर्घटना कैलाली र करिब २२ प्रतिशतको हाराहारीमा कञ्चनपुर जिल्ला र बाँकी ७ जिल्लामा हुने गरेको तथ्याङ्क रहेको उनको भनाई छ । चालकको लापरबाही र तीव्र गति नै सडक दुर्घटनाको मुख्य कारण हुन उनले भने ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीले दिएको जानकारी अनुसा र २०८१ साउनदेखि हालसम्मको सवारी दुर्घटना ११५३ वटा रहेका छन । गत वर्ष यसै अवधिमा ३०९ वटामात्र दुर्घटना रेकर्ड भएका थिए । गत वर्षको तुलनामा यस वर्ष करिब चार गुना बढी देखिएको छ । सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको संख्या भने १८५ जना रहेका छन् । जसमा कैलालीमा ७९ कञ्चनपुरमा ३४ जना हुन भने बाँकी पहाडी सात जिल्लाका रहेका छन् ।  दुर्घटनाबाट १९३६ जना घाइते भएकाछन कैलालीमा ७९८ कञ्चनपुरमा ६५७ जना घाइते भएका हुन ।

सडक दुर्घटनालाई न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदेशभरी ६ हजार ७ सय ९१ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन गरेको थियो । जनचेतना कार्यक्रम मार्फत सुदूरपश्चिमका करिब २ लाख ६३ हजार ५७ जना मानिस लाभान्वित भएको ट्राफिक प्रहरीको दाबी छ । नियम विपरीत सवारी साधन चलाएका सवारी साधनबाट ४ करोड२५ लाख ४० हजार ५ सय राजश्व संकलन गरेको छ । यसबीचमा करिब ५५ हजार  ५३६ वटा सवारी साधनलाई कारबाही गरिएको थियो ।

सवारी दुर्घटना न्युनिकरणकालागि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र मातहतका कार्यालयहरुबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए । उनका अनुसार चालक संग १ मिनट,स्कुल सम्पर्क कार्यक्रम,अभिभावकसँग ट्राफिक,लेन अनुशासन सम्बन्धि जनचेतना कार्यक्रम सञ्चालन गरेको ,पहाडी रुटमा टाईम कार्ड कडाईका साथ लागू  गरेको ,भाडाका यात्रुवाहक बसहरुमा २ जना चालक भए नभएको टिसिए एप मार्फत चेकजाँच गरेको,टेक्टर ,अटोमा रिफ्लेक्स स्टिकर टाँस्ने कामलाई निरन्तरता र तीव्र गतिलाई निरुत्साहित गर्न लिडार स्पिड गनको प्रयोग गर्दै आएको छ ।