काठमाडौं ।
मंगलबार बिहान लेन्दे खोलामा आएको एक्कासी आएको बाढीले रसुवागढी–केरुङ सुक्खा बन्दरगाह र सीमाक्षेत्रमा व्यापक क्षति पु¥याउँदा करोडौं रुपियाँको नोक्सानी भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीले सुक्खा बन्दरगाहमा पार्किङ गरिएको २३ मालवाहक कन्टेनर, ६ ट्रक र ३५ नयाँ विद्युतीय गाडी गरी ६४ सवारीसाधन बगाएको प्राम्भिक जानकारी प्राप्त भएको छ । मालबाहक गाडीमा करोडौं रुपियाँ बराबरका माल वस्तु रहेको जनाइएको छ । त्यस्तै भन्सार यार्डमा रहेका थप १० कन्टेनरमा पानी पसेर क्षति पुगेकाले त्यस भएका सामग्र्र्र्र्र्री प्रयोगविहीन भएको जनाइएको छन् । साथै चीनको केरुङमा रहेका फलफूल र कपडा बोकेका १६ वटा नेपाली कन्टेनर पनि डुबेका कारण क्षति पुगेको जनाइएको छ । व्यापरिक क्षेत्रमा परेका क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन । भन्सार स्रोतका अनुसार बाढीले क्षति पु¥याएका सामग्रीहरुमा मोबाइल तथा विद्युतीय उपकरण, तिज र दशैलाई लक्षित गरी आयात गरिएका लत्ता कपडा र फलफूललगायतका रहेका छन् ।
त्यस्तै रसुवागढीस्थित सुख्खा बन्दरगाहको रिटेनिङ वाल करिब ४०० मिटर बगाएको छ । वेयरहाउस, लिटिगेशन र इन्स्पेक्सन सेड, ट्वाइलेट ब्लक, पार्किङ यार्डलगायत संरचना पूर्णतः ध्वस्त भएका छन् भने बेचिङ प्लान्ट सम्पूर्ण रूपमा बगाएको जानकारी प्राप्त भएको छ ।
बाढीले रसुवागढी–केरुङ नाका जोड्ने एकमात्र मितेरी पुल बगाएपछि नेपाल–चीनबीचको मुख्य व्यापारिक मार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार पुल बगेसँगै आवागमन र मालसामान आयात–निर्यात पूर्ण रूपमा रोकिएको छ।
भन्सार विभागका तथ्यांकअनुसार चालु आर्थिक वर्षका पहिलो ११ महिनामा नेपाल–चीन व्यापार ३ खर्ब १७ अर्ब रुपियाँ नाघेको छ, जसमा ८० अर्ब रुपैयाँको आयात रसुवागढी नाकाबाट भएको थियो। मुख्य मार्ग अवरुद्ध हुँदा अवशेष महिना व्यापार लक्ष्यमा गम्भीर धक्का लाग्ने अनुमान छ । यसैबीच भोटेकोसी नदीमा आएको बाढीका कारण जलविद्युत् क्षेत्रमा पनि करोडौैैैैैैैैैैैैैं रुपियाँको क्षति भएको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका गरी २४० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू पूर्णरूपमा बन्द भएका छन्। बाढीका कारण प्राधिकरण तथा सहायक कम्पनीहरूका २३० मेगावाट र निजी क्षेत्रका १० मेगावाट बराबरका आयोजना प्रणालीबाट बाहिरिएका हुन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सबैभन्दा ठूलो क्षति १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा भएको छ। बाढीले आयोजनाको बाँध र गेट स्ट्रक्चर बगाएको छ भने पुलसमेत चर्किएको हुँदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि पावरहाउस भने सुरक्षित रहेको शाक्यको भनाइ छ ।
त्यस्तै बाढीबाट ६० मेगावाटको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षति भएको छ। आयोजनाको एउटा गेट बगाएको छ भने भवनमा बाढी पसेको छ। यद्यपि सिभिल स्ट्रक्चरमा धेरै क्षति नभएको शाक्यको दाबी छ।
यसैगरी २२ मेगावाट क्षमताको चिलिमे, २१ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ। चिलिमे हाइड्रोपावरको टेलरेसतर्फबाट टर्बाइनसम्म पानी पसे पनि मुख्य संरचनामा ठूलो क्षति नपुगेको जनाइएको छ। प्राधिकरणका अनुसार यी आयोजनासँग सम्बन्धित प्रसारण लाइनहरू पनि करिब २३० मेगावाट क्षमताका अवरुद्ध भएका छन्।
शाक्यका अनुसार, त्रिशूली नदी आसपासका सबै जलविद्युत् आयोजनाहरू हालका लागि बन्द छन्। देवीघाट जलविद्युत् आयोजना चाँडै पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ भने चिलिमे पनि लेदो सफा गरेपछि उत्पादनमा फर्कने अपेक्षा गरिएको छ। रसुवागढी र त्रिशूली–३ ए जस्ता ठूला आयोजना भने पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने शाक्यले बताए। ‘अहिले बाढीको पानी घट्नासाथ वास्तविक क्षतिको मूल्यांकन हुनेछ र निर्माण तथा मर्मत कार्य अघि बढाइनेछ।’ शाक्यको भनाइ छ । बाढीले निजी क्षेत्रबाट सञ्चालित १० मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा क्षति पुगेको जनाइएको छ ।











प्रतिक्रिया