जुम्लामा चट्याङ पर्दा  १ सय ९७ भेडा मरे, भेडा पालक  रावत घाइते 

6.3k
Shares

जुम्ला। 

 जुम्लामा चट्याङ पर्दा  १ सय ९७ भेडा मरेका छन् । जुम्लाको गुठिचौर गाउँपालिका–५ ठुुलोहाँका पाटनमा सोमबार साँझ करिब  ४ बजेको समयमा   परेको चट्याङले १ सय ९७ भेडा मरेका हुन्  । 

 चट्याङमा परि सिंजा गाउँपालिका वडा नं. ५ का ५१ वर्षीय धन बहादुर रावत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका  डिएसपी रविन बाबू रेग्मीले बताए । घाइते रावतको सुरक्षाकर्मीले उद्धार गरेर ल्याई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

  नेपाल प्रहरी, नेपाली सेना ,सशस्त्र प्रहरी र स्थानीयको टोलीले घटना स्थलमै पुगेर  गणना गर्दा चट्याङबाट ६ जना किसानका १ सय ९७ वटा भेडा मरेको प्रहरीले पृष्टी गरेको छ । सिंजा गाउँपालिका वडा नं. ५ का भेडा पालक किसान धन बहादुर रावत र गोविन्द बुढा सहित ६ जना किसानका १९७ भेडा मरेको डिएसपी रेग्मीको भनाइ छ।