रसुवा बाढी: बेपत्ता हुनेको संख्या २० पुग्यो


रसुवा।

रसुवामा आएको भोटेकोसी बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ। मंगलबार बिहानको बाढीपछि पछिल्लो ३:५० बजेको अपडेटअनुसार गोरखाका दुई जना थप सम्पर्कविहीन भएपछि बेपत्ताको संख्या बढेको रसुवा प्रहरीले जानकारी दिएको छ।

सम्पर्कविहीन हुनेमा गोरखा पालुङ्टार नगरपालिका–६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ रहेका छन्। यसअघि रसुवागढी भन्सार यार्डमा कार्यरत ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना हराइरहेका थिए।

बाढीको बीचमा ५५ जनालाई उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएका मध्ये ५१ जना पुरुष र ४ जना महिला रहेका छन्।

बेपत्ता प्रहरी ३ जना
लालबहादुर श्रेष्ठ, प्रहरी सहायक निरीक्षक (रामेछाप)

मुन्ना ठाकुर, प्रहरी जवान (बारा)

लोकेन्द्र बोहोरा, प्रहरी जवान (बझाङ)

बेपत्ता ११ नेपाली नागरिक
जिपन चौधरी, ३६, बर्दिया

सन्तोष दहित, ३५, बर्दिया

बुद्धिराम थारु, २५, बर्दिया

लक्ष्मीनारायण थारु, २४, बर्दिया

सुरेश थारु, ३०, बर्दिया

नरेन्द्र विक, बागलुङ

फुर्वा लामा, सिन्धुपाल्चोक

गोविन्द मोक्तान, ठेगाना नखुलेको

लोकमान तामाङ, ठेगाना नखुलेको

डीलबहादुर तामाङ, गोरखा

धनबहादुर तामाङ, गोरखा

बेपत्ता ६ चिनियाँ नागरिक
यु युए

लि हुक्वाइङ

याङ चुआन

यु हाइ हाङ

यु छिआओ कुई

जोउ योङ

बाढीका कारण रसुवागढी क्षेत्रमा १०० भन्दा बढी सवारीसाधन बगेका छन्। भोटेकोसी नदीमा आएको आकस्मिक बाढीले मितेरी पुल, सडक र भन्सार क्षेत्रलाई क्षति पुर्‍याएको छ भने उद्धार कार्य अहिले पनि जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।