काठमाडौँ।
त्रिशुली नदी बीचमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बिदुर नगरपालिका– १ त्रिशुली, बसपार्क नजिकै त्रिशुली नदीको बीचमा फसेका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । उक्त स्थानमा दुई वटा हेलिकोप्टर परिचालन भएका थिए ।
उनीहरु एकाबिहानै नदीमा दाउरा संकलन गर्न पुगेका थिए ।तर, अचानक बाढीले नदीको सतह बढेपछि उनीहरु फकेका हुन् । बीचमा परेपछि केहि समय रुख चढेर बसेका थिए ।











प्रतिक्रिया