रसुवा।
भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ। बिहानै आएको बाढीले रसुवागढी भन्सार क्षेत्र टिमुरेमा बगाउँदा १६ जना बेपत्ता भएका छन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार बेपत्ता हुनेहरूमा तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार, ४ जना चिनियाँ कामदार रहेका छन्।
बाढीले नेपाल–चीन सम्बन्ध जोड्ने मितेरी पुल समेत बगाएको छ। त्यस्तै, सयौँ इभी गाडी बगाएको र स्याफ्रुबेसी जोड्ने सडक तथा जलविद्युत आयोजना संरचनामा पनि क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।
यसबीच, जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदी किनारका बासिन्दालाई सतर्क रहन अनुरोध गरेका छन्। उपल्लो क्षेत्रमा अति भारी वर्षाका कारण त्रिशुली नदीमा पानीको बहाव उच्च हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।
यसबारे थप विवरण आउन बाँकी छ।











प्रतिक्रिया