आधा अनुदानमा १९ वटा हाते ट्याक्टर


हेटौंडा । 

हेटौंडा उपमहानगरपालिकाको आव २०८१÷०८२ को कृषि यन्त्रिकीकरण प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र उपकरण वितरण भएको छ ।
कृषि उत्पादनमा यान्त्रिकीकरण प्रवद्र्धन गर्दै स्थानीय कृषकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उद्धेश्यले हेटौंडा उपमहानगरपालिकाले कृषियन्त्र तथा उपकरण वितरण गरेको हो ।

आर्थिक वर्ष २०८१-०८२ को स्वीकृत बजेट तथा कार्यक्रमअनुसार सञ्चालन गरिएको कार्यक्रममा स्थानीय किसान, सहकारी संस्था तथा कृषि समूहलाई आधुनिक कृषियन्त्र हस्तान्तरण गरिएको हो ।

कृषि विकास शाखाका अनुसार आव २०८१-०८२ को कृषि यन्त्रिकीकरण प्रवद्र्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा १९ वटा हाते ट्याक्टर, ७१ वटा स्प्रेपम्प, ७९ वटा ज्याब प्लन्टर, १ कम्बाइन मिल, १ पानी तान्ने पम्प र मकै छोडाउने ४१ मेसिन हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम ‘स्वच्छ, उत्पादनशील, समृद्ध शहर हेटौंडा’ भन्ने नारासहित हेटौंडा उपमहानगरपालिका कार्यालयपरिसरमा आयोजना गरिएको थियो । कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामा, नगर उपप्रमुख राजेश बानियाँ, आर्थिक विकास महाशाखा प्रमुख जग्गनाथ सापकोटा, कृषि विकास शाखा प्रमुख प्रदीप रेग्मीलगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा लाभग्राही कृषकको सहभागिता थियो ।