बिगुटारमा बन्यो रस्ट्रिक स्टोर केन्द्र 

2.44k
Shares

ओखलढुङ्गा 

सिद्धिचरण नगरपालिका ७ ओखलढुङ्गाको बिगुटारमा आलु खेती गर्ने किसानहरूका लागि  बिउ आलु भण्डारण गर्ने आलु भण्डारण केन्द्र ( रस्ट्रिक स्टोर ) निर्माण भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ ओखलढुङ्गाले ग्रिन भ्याली ताजा तरकारी कृषक समूहका लागी आलु सङ्कलन केन्द्र निर्माण गरी दिएको हो ।

 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ ओखलढुङ्गाको  १५ लाख रुपैयाँ र ग्रिन भ्याली ताजा तरकारी कृषक समूहका सदस्यहरूको २ लाख ६८ हजार ८५४ बराबरको श्रमदान गरी कुल १७ लाख ६८ हजार ८५४ रुपैयाँ लागतमा आलु भण्डारण केन्द्र ( रस्ट्रिक स्टोर ) निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ ओखलढुङ्गाले जनाएको छ ।

 रस्ट्रिक स्टोर बिउ आलु भण्डारणमा प्रयोग गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ ओखलढुङ्गाका निमित्त वरिष्ठ कृषि अधिकृत हेम बहादुर आले मगरले बताएका छन् । रस्ट्रिक स्टोरमा ३ देखि ६ महिनासम्म बिउ आलु भण्डारण गर्न सकिने उनको भनाई रहेको छ । साथै रस्ट्रिक स्टोरमा बिउ आलु भण्डारण गर्दा आलुको टुसा राम्रो आउने र आलु भण्डारणमा लाग्ने रोग किराहरुबाट आलुलाई बचाउन सकिने उनको भनाई रहेको छ । यो भन्दा अघि बिउ आलु भुईँमै भण्डारण गर्ने गरिएको ग्रिन भ्याली ताजा तरकारी कृषक समूहका कृषकहरूले बताएका छन् ।

 भुईँमा बिउ आलु भण्डारण गर्दा आलु कुहिने, चाउरी पर्ने, ढुसी पर्ने लगायतको समस्याले सताउने गरेको ग्रिन भ्याली ताजा तरकारी कृषक समूहका सचिव कुमारी कटवालको भनाई रहेको छ । अब रस्ट्रिक स्टोर बने पछि आलुको बिउमा लाग्ने रोगहरूबाट यस भेगका किसानहरू मुक्त हुनेमा आफू बिश्वास्त रहेको सचिव कटवालको भनाई रहेको छ । ग्रिन भ्याली ताजा तरकारी कृषक समूहमा ३५ जना किसानहरूको आबद्धता रहेको छ । निर्माण गरिएको रस्ट्रिक स्टोरमा कुल ८ टन मात्रै आलुको बिउ भण्डारण गर्न सकिने सिद्धिचरण नगरपालिका ७ का वडा अध्यक्ष भल बहादुर कटवालले बताउनु भयो । यहाँका किसानहरूले बिउ आलु धेरै मात्रामा भण्डारण गर्ने गरेकाले किसानहरूको सबै आलुको बिउ रस्ट्रिक स्टोरमा भण्डारण गर्न नसकिने अध्यक्ष कटवालको भनाई रहेको छ ।