मोरङमा गोली चल्यो, ३ जना पक्राउ


काठमाडौँ।

मोरङको रंगेलीमा गोली चलेको छ। लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाइ फायर गरेको हो ।

सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको खटिएको टोलीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिइएको हो ।