काठमाडौँ।
आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई अब पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ। अर्थ मन्त्रालयले यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र पठाएको छ।
मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने कुनै पनि दायित्व नेपाल सरकारले नबेहोर्ने स्पष्ट जनाएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू भएसँगै कर्मचारीहरुको दीर्घकालीन सामाजिक सुरक्षालाई व्यवस्थित गर्ने र राज्यको वित्तीय दायित्वलाई दीर्घकालीन रुपमा व्यवस्थित गर्न सहयोग पुग्ने अर्थ मन्त्रालयको विश्वास छ।











प्रतिक्रिया