अर्थमन्त्री पौडेलद्वारा मलेसियाली लगानीकर्तालाई पूर्वाधार र पर्यटनमा लगानी गर्न आग्रह


काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गर्नु भएको छ । नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गर्नु भएको हो ।

निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरु लगानीमैत्री छन् । लगानीका क्षेत्रहरु पहिचान राम्रो तयारी गरी गरी अघि बढनुहोस् ।

सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’अर्थमन्त्री पौडेलले भन्नुभयो । प्रतिनिधि मण्डलमा सहभागीहरुले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए ।

प्रतिनिधि मण्डलमा मलेसिया(नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा.चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राह लगायत सहभागी हुनुहुन्थ्यो