बाढीले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माण हुँदै, ८ अर्ब ५० करोड बजेट सुनिश्चित

3.38k
Shares

काठमाडौं ।

गत वर्ष असोज दोस्रो साता रोशी खोलामा आएको बाढीले बिपी राजमार्गलाई व्यापक क्षति पुर्याएको थियो। त्यसको परिणामस्वरूप हालको वर्षायाममा सडक अवरुद्ध हुने जोखिम रोक्न डिभिजन सडक कार्यालय भक्तपुरले विभिन्न अस्थायी संरचनाहरू निर्माण गरेको छ।


सडक कार्यालयले बाढीबाट क्षति रोक्न काभ्रेपलाञ्चोक क्षेत्रमा ग्याबिन जालीको पर्खाल र ठूला बोल्डरहरू राखेको छ। साथै, बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा तत्काल काम गर्नको लागि १५ वटा उपकरण र ७ वटा मेसिन तयारी अवस्थामा राखिएको छ।

नेपाल सरकारले बिपी राजमार्गको क्षतिग्रस्त २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनर्निर्माण गर्नको लागि आठ अर्ब ५० करोड बजेटको सुनिश्चितता प्राप्त गरेको छ। यसमा काभ्रेपलाञ्चोकतर्फ तीन खण्ड र सिन्धुलीतर्फ एक खण्ड समावेश गरिएको छ। पुनर्निर्माणको लक्ष्य दुई वर्ष भित्र सम्पन्न गर्ने योजना रहेको छ ।