सेमिफाइनलमा मलेसियाद्वारा नेपाललाई ९१ रनको लक्ष्य


काठमाडौं ।

एसीसी यू–१६ इस्ट कपको पहिलो सेमिफाइनलमा मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ ।

क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४३।१ ओभरमा ९० रनमै समेट्यो । नेपालका अभय यादवले १५ रन खर्चेर ४ विकेट लिए भने सुभम खनालले ३ विकेट झारे ।

समूह चरणमा चारै खेल जितेको नेपाल फाइनल पुग्न अब ९१ रन बनाउनुपर्नेछ । फाइनल असार २१ गते हुनेछ ।