काठमाडौँ।
बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल उद्योगको भट्टीमा विस्फोट भएको छ । बुधबार राति करिब साढे ९ बजे भट्टीमा अकस्मात विस्फोट भएको हो ।
फलाम पकाउने भट्टीमा ठुलो आवाजसहित विस्फोट भएको र विस्फोटको आवाजले आसपासको जमिनसमेत थर्किएको स्थानीयको भनाइ छ ।
घटनास्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले स्थितिलाई नियन्त्रण लिने प्रयास गरिरहेको र क्षतिको विवरण संकलन गर्ने काम भैरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।











प्रतिक्रिया