अञ्जली र सबिनाले थिम्पुबाट खेल्ने


काठमाडौं।

नेपाली राष्ट्रिय महिला यु २० टोलीका पूर्व खेलाडी अञ्जली चन्द र सविना चौधरी भुटानको थिम्पु सिटी एफसीमा अनुबन्धित भएका छन् । उनीहरुले थिम्पुबाट सन् २०२५ को भुटान महिला राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् । दुवैको सम्झौता २०२५ अक्टोबर सम्मको लागि रहेको बताइएको छ ।
थिम्पु अहिले लिगको अंक तालिकामा गोल अन्तरका आधारमा चौथो स्थानमा छ । टोलीले आफ्नो सुरुवाती दुई खेल जितेको छ । अञ्जली मिडफिल्डर÷ विंगर र सविना चौधरी डिफेन्डर हुन्।

यो सम्झौता थिम्पु सिटी एफसीका मालिक हिशे छिरिङको अनुरोधमा सम्भव भएको स्वतन्त्र फुटबल एजेन्ट नविन चित्रकारले जनाएका छन् । ‘ नेपाली खेलाडीलाई विदेशी क्लबसँग सम्झौता गराउने यो मेरो लागि पहिलो अवसर हो । उनीहरूको व्यवसायिक यात्रामा साथ दिन पाउँदा गर्व गर्छु,’ चित्रकारले भने,’ अञ्जली र सविनालाई शुभकामना छ । थिम्पुलाई उपाधि जिताउन सकुन् भन्ने कामना छ।’