काठमाडौँ।
त्रिभुवन विश्वविद्यालयमा लागेको तालाबन्दी खुलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको इजलासले आदेश दिएको हो ।
सर्वोच्चले बुधबार गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको नाममा तालाबन्दी नगर्नु-नगराउनु, ताला लगाएको भए खोल्नु / खोलाउनु भनेर अन्तरिम आदेश जारी गरेको त्रिविका कानुनी सल्लाहकार नारायण खनालले बताए।
अधिवक्ता महेश भट्टराईलगायतले त्रिविको उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा आयोगलगायत कार्यालयमा भएको तालाबन्दी खुलाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
गत जेठ १४ गते नेविसंघबाट विभिन्न क्याम्पसमा स्ववियुमा निर्वाचित केही पदाधिकारीले उपकुलपति कार्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका थिए ।
तालाबन्दीका कारण त्रिविको कामकाज ठप्प बनेको छ।











प्रतिक्रिया