एफसी छनोटमा नेपाल आज श्रीलंकासँग भिड्दै


काठमाडौं ।

एएफसी महिला एसियन कप फुटबल छनोट अन्तर्गत नेपालले आज श्रीलंका विरुद्ध खेल्दैछ। खेल उज्बेकिस्तानको मैदानमा साँझ सवा ६ बजे सुरु हुनेछ।

पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोल अन्तरले पराजित गरेको थियो भने श्रीलंका उज्बेकिस्तानसँग १०–० ले पराजित भएको थियो। समूह ‘एफ’ अन्तर्गत नेपाल, उज्बेकिस्तान, लाओस र श्रीलंका छन्।

नेपाल अहिलेसम्म श्रीलंकासँग अपराजित रहँदै आठै खेल जितेको छ। फिफा वरियतामा नेपाल १००औं र श्रीलंका १५९औं स्थानमा छन्।

शनिबार नेपालले आयोजक उज्बेकिस्तानसँग खेल्नेछ। समूहको शीर्ष टोलीले आगामी वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कपमा स्थान बनाउनेछ। कप्तान सावित्रा भण्डारीले टोलीको नेतृत्व गरिरहेकी छन्।