काठमाडौँ।
निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ र मनाङ प्रदेशसभा क्षेत्र (ख) मा उपनिर्वाचन कात्तिक १७ गते गर्ने निर्णय गरेको छ। आयोगको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो।
आयोगले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै उपनिर्वाचनको मिति सार्वजनिक गरेको हो।
रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहोराको निधनपछि रिक्त भएको हो। उनी २०७९ साल मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित भएका थिए।
बोहराको २०८१ चैत १९ गते काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो।











प्रतिक्रिया