काठमाडौं ।
एएफसी महिला एसियन कप फुटबल छनोट आजदेखि उज्वेकिस्तानमा सुरु हुँदैछ। नेपालले लाओससँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ। नेपाली समयअनुसार खेल साँझ ६:१५ बजे हुनेछ।
यो नेपाली महिला टोलीको सयौं अन्तर्राष्ट्रिय खेल हो। प्रतियोगितामा नेपाल, लाओस, उज्वेकिस्तान र श्रीलङ्का छन्। समूहको शीर्ष टिम मात्र अर्को वर्ष अष्ट्रेलियामा हुने फाइनल चरणमा प्रवेश पाउनेछ।
फिफा वरियतामा नेपाल १००औं र लाओस १०७औं स्थानमा छन्। प्रशिक्षक प्याट्रिक डी वाइल्डको नेतृत्वमा नेपालले लाओसविरुद्ध पहिलोपटक खेल्दैछ।











प्रतिक्रिया