दोलखा।
नेकपा एमाले दोलखा र मदन भण्डारी फाउन्डेसन दोलखाको संयुक्त आयोजनामा शनिवार समृद्ध नेपाल, सुखी नेपालीको जनआकाङ्क्षामा जबजको सान्दर्भिकता विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तिको अवसरमा आयोजित विचार गोष्ठीमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् काठमाडौँ इन्चार्ज आनन्द प्रसाद पोखरेलले जबज सिद्धान्तको सार्थकता एवम् सान्दर्भिकताको विषयमा चर्चा गरेका थिए ।
नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न विचार गोष्ठीमा नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा एमालेका नेता एवम् मेलुङ गाँउपालिकाका अध्यक्ष हिरा कुमार थोकर, मदन भण्डारी फाउन्डेसन दोलखाका अध्यक्ष कृष्ण बहादुर वस्नेत र विद्यार्थी कृष्टीना खड्काले नेपाली राजनीतिमा जबजको महत्वको बारेमा चर्चा गरेका थिए ।
सो अवसरमा मदन भण्डारी फाउन्डेसन दोलखाले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगीताको विजयी विद्यालयहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । हाजिरी जवाफ प्रतियोगीतामा त्रिपुरा ग्लोरियस एकाडमीक चरिकोट प्रथम, कुटिडाँडा मावि मकैबारी द्धितिय र महेन्द्रोदय मावि माटी तृतीय भएका थिए ।
प्रतियोगीतामा प्रथम हुनेलाई नौ हजार, द्धितिय हुनेलाई छ हजार र तृतीय हुनेलाई तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष कृष्ण बहादुर वस्नेतले बताए ।











प्रतिक्रिया