प्रधानमन्त्री ओली स्पेन प्रस्थान


काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साझ स्पेन प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री ओलीललाई विदाई गर्न उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णु पौडेल लगायतका मन्त्रीहरु उच्च पदस्थ सरकारी अधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा पुगेका थिए ।

प्रधानमन्त्री स्पेनको राजधानी म्याड्रिडमा यही असार १५ गते बिहान पुग्ने तालिका छ । भ्रमण दलमा २१ सदस्य छन् ।
स्पेनको सेभिया सहरमा आयोजना हुने अन्तरराष्ट्रिय सम्मेलन एक दशकमा एकपटक आयोजना गरिन्छ । संयुक्त राष्ट्रसङ्घको महासभामा जस्तै यस सम्मेलनमा सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सहभागिता हुँदै आएको छ ।