लन्डन, (एजेन्सी)
क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन क्लब अल–नासरमै रहने भएका छन् । विभिन्न सञ्चारमाध्यममा आएका खबर अनुसार रोनाल्डो क्लबसँगको सम्झौता दुई वर्ष लम्बाउन सहमत भएका हुन् । नयाँ सम्झौता अनुसार रोनाल्डो सन् २०२७ सम्म अल नासरमै रहनेछन् ।
४० वर्षीय पोर्चुगिज कप्तान रोनाल्डोको सम्झौता जुनको अन्त्यमा समाप्त हुँदैछ । गत महिना रोनाल्डोले सामाजिक सञ्जालमार्फत क्लब छाड्ने संकेत दिएका थिए । तर अहिले उनी क्लबमै रहन सहमत भएका छन् । केही साताअघि मात्रै पनि उनी साउदीकै अल हिलालमा अनुबन्ध हुने हल्ला चलेको थियो ।
रोनाल्डो सन् २०२३ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट अल नासर पुगेका थिए । उनले साउदी क्लबका लागि १११ खेलमा ९९ गोल गरेका छन् । रोनाल्डोले गत सिजन ४१ खेलमा ३५ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।











प्रतिक्रिया