काठमाडौं ।
नेपालले एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ।नेपालले आज भएको खेलमा जापानलाई ९ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा मात्र ८० रनमै अलआउट भयो।
जवाफमा नेपालले ८१ रनको लक्ष्य १४.२ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो।
यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोली सहभागी छन्। नेपाल समूह ‘ए’ मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै रहेको छ।
नेपालले अब तेस्रो खेल २९ जुनमा इन्डोनेसिया विरुद्ध खेल्नेछ।











प्रतिक्रिया