पर्फमर दुर्गेश थापाको दुश्मन हेरेको हेर्यै बोलको गीतले युट्युबमा १० करोड भ्युज बटुलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई बधाई दिएका छन्।
प्रधानमन्त्री ओलीले आइतबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस् लेख्दै उनलाई बधाई दिएका हुन्। ‘नयाँ पिढीले बेग्लै स्वादका गीतसंगीतमा रुचि देखाउन थालेको दुश्मन हेरेको हेर् यै गीतबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या ५ महिनामा १ सय मिलियन (१० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई’ प्रधानमन्त्री ओलीले फेसबुकमा बधाई छ दुर्गेश लेखिएको उनको फोटो शेयर गर्दै लेखेका छन्।
दुर्गेशले पनि प्रधानमन्त्रीको सो स्ट्याटस सेयर गर्दै आफ्नो सिर्जनात्मक यात्रामा प्रधानमन्त्री ओलीको बधाईले ऐतिहासिक प्रेरणा थपिएको जनाएका छन्
पछिल्लो समय प्रधानमन्त्री ओलीको दल नेकपा एमालेले आयोजना गर्ने कार्यक्रममा नयाँ पुस्ताका कलाकार, टिकटकर, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा ब्याण्डलाई प्राथमिकता दिँदै आएको छ। प्रधानमन्त्री ओलीले नयाँ पुस्ताका कलाकार, टिकटकर र सामाजिक सञ्जाल प्रयोगकर्तालाई भेट्दै पनि आएका छन्।











प्रतिक्रिया